• २९ असार २०८३, सोमबार
  • ११:५७ बिहान

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : मेरो जीवन र स्वतन्त्रताको सुरक्षा गरियोस्

प्रकाशित मिति

२०८३ असार २९ गते, सोमबार १०:२६

२९असार २०८३ काठमाडौं – जेनजी अभियानका अगुवा माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सोमबार (असार २९) काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै अन्सारीले आफ्नो सुरक्षा सुनिश्चित गर्न सरकार, संसद्, मानव अधिकार निकाय तथा नागरिक समाजसँग अनुरोध गरेका हुन्।

उनले संघीय संसद्का सबै सांसद, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकारकर्मीहरूलाई आफ्नो जीवन र स्वतन्त्रताको रक्षा गर्न पहल गरिदिन आग्रह गरेका छन्।

Kamana Sewa

अन्सारीले शनिबार (असार २७) अपराह्न करिब ५ बजे १०–१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र त्यसबाट गम्भीर घाइते भएको दाबी गरेका छन्। हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उनले बताएका छन्।

Classic Tech Desktop

उनले अहिलेसम्म आफ्नो पक्राउको कारण नबताइएको, पक्राउ पुर्जीसमेत नदेखाइएको तथा पक्राउको कानुनी अवस्थाबारे कुनै जानकारी नदिइएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री र प्रहरी नेतृत्वलाई प्रश्न गर्दै आफूविरुद्ध भएको भनिएको कारबाही किन र कुन कानुनी आधारमा गरिएको हो भन्ने विषयमा स्पष्ट पार्न माग गरेका छन्।

हालसम्म अन्सारीको दाबीबारे नेपाल प्रहरीले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रतिकृया