लगातारको वर्षाले सुन्दरीघाट सुकुमवासी होल्डिङ सेन्टर डुबानमा
प्रकाशित मिति
२०८३ असार २७ गते, शनिबार ०८:१०
२७ असार २०८३ काठमाडौं – लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ। शुक्रबार रातिदेखि सुरु भएको डुबानका कारण शनिबार बिहानसम्म होल्डिङ सेन्टर जलमग्न रहेको छ।
डुबानपछि संयुक्त सुरक्षा टोलीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा राखिएको छ।

बाँकीमध्ये केही आफन्तको घरमा गएको र अन्य केही व्यक्ति होल्डिङ सेन्टर आसपासका सुरक्षित स्थानमा रहेको जनाइएको छ।प्रशासनले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आवश्यक परे थप उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाएको छ।







प्रतिकृया