• २६ असार २०८३, शुक्रबार
  • ११:४५ बेलुका

गणेश नेपालीलाई न्यायको माग गर्दै माइतीघरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०४:३३

२६ असार २०८३ काठमाडौं –  संयुक्त विद्यार्थी संगठनले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई न्याय दिलाउन र सुकुमबासीमाथि भइरहेको अन्यायपूर्ण विस्थापनको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।प्रदर्शनकारी विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै ‘ह्विल लक’ लगाएपछि उत्पन्न विवादका क्रममा गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेको र उपचारकै क्रममा उनको निधन भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले राज्य संयन्त्र गरिब, श्रमजीवी तथा सुकुमबासी समुदायप्रति संवेदनहीन बनेको आरोप लगाए। उनीहरूले वैकल्पिक व्यवस्था नगरी सुकुमबासीलाई बसोबास स्थलबाट बलपूर्वक हटाउनु अन्यायपूर्ण भएको बताएका छन्।विद्यार्थी नेताहरूले नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नुको सट्टा जरिवाना तथा प्रशासनिक दबाबमार्फत त्रास सिर्जना गरिएको आरोप लगाउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

Kamana Sewa

उनीहरूले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा अव्यावहारिक जरिवाना प्रणाली पुनरावलोकन वा खारेज गर्न सरकारसँग माग गरेका छन्।

Classic Tech Desktop

साथै, सुकुमबासीहरूको सम्मानजनक र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग ठोस पहल गर्न पनि प्रदर्शनकारीहरूले आग्रह गरेका छन्।

प्रतिकृया