• २६ असार २०८३, शुक्रबार
  • ११:४८ बेलुका

नेप्से सामान्य अंकले घट्यो, कारोबार ६ अर्ब ८६ करोड रुपैयाँ नाघ्यो

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०३:१२

२६ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार सामान्य अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको छ। आज नेप्से १.१३ अंकले ओरालो लागेको हो।

आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारका क्रममा सात वटा उपसूचक राताम्य भए। वाणिज्य बैंक समूहको उपसूचक ०.१७ प्रतिशत, विकास बैंक समूहको ०.३९ प्रतिशत र फाइनान्स समूहको ०.२९ प्रतिशतले घटेको छ।

Kamana Sewa

यस दिन १२० कम्पनीको शेयर मूल्य बढ्दा १३५ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया