• २२ असार २०८३, सोमबार
  • ११:३९ बेलुका

एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार ०९:१६

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेड एशियन बैंकिङ एन्ड फाइनान्स (ABF) अवार्ड–२०२६ अन्तर्गत चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

सिंगापुरस्थित एशियन बैंकिङ एन्ड फाइनान्सले बैंकलाई होलसेल बैंकिङ अवार्ड–२०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड–२०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर (नेपाल)’ र ‘एसएमई बैंक अफ द इयर (नेपाल)’ बाट सम्मानित गरेको हो।

Kamana Sewa

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय अवार्डले होलसेल तथा रिटेल बैंकिङ सेवामा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रतिको बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।

Classic Tech Desktop

अवार्ड प्राप्तिको अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

प्रतिकृया