ब्राजिललाई हराउँदै नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०६:४२
२२ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६को खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि इन्जुरी समयको ९०+१०औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।

यस खेलसँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्याएका छन्। उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यता, पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा भने अन्तिम १६ बाटै समाप्त भएको छ





प्रतिकृया