• २० असार २०८३, शनिबार
  • ७:०१ बिहान

मेस्सीको शानदार गोलमा अर्जेन्टिना अघि, अन्तिम १६ नजिक

प्रकाशित मिति

२०८३ असार २० गते, शनिबार ०५:१७

२० असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेविरुद्ध १–० को अग्रता बनाएको छ। अमेरिकाको मियामीमा जारी खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले लिसान्द्रो मार्टिनेजको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

यो जारी विश्वकपमा मेस्सीको सातौँ गोल हो। यससँगै उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा उक्लिएका छन्।

Kamana Sewa

खेलको सुरुआतदेखि नै अर्जेन्टिनाले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमण गरिरहेको छ। केप भर्डेले केही अवसर सिर्जना गर्ने प्रयास गरे पनि अर्जेन्टिनाको सशक्त दबाबका बीच पहिलो गोल रोक्न सकेन।

Classic Tech Desktop

साविक विश्वविजेता अर्जेन्टिना अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। पहिलो पटक नकआउट चरण पुगेको केप भर्डे भने ऐतिहासिक नतिजाको खोजीमा रहेको छ। यस खेल

प्रतिकृया