• १५ असार २०८३, सोमबार
  • ४:१८ बेलुका

कोशी सरकारले स्वकीय सचिवको रोकिएको पारिश्रमिक नियमित गर्ने निर्णय

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार ०३:१०

१५ असार २०८३ विराटनगर- कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नै नियमित रूपमा भुक्तानी गर्ने निर्णय गरेको हो।

जेनजी आन्दोलनपछि कोशी प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो। बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी अनिल थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

Kamana Sewa

त्यसैगरी, प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

Classic Tech Desktop

मन्त्रिपरिषद्ले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ संशोधन गर्न बनेको विधेयकलाई पनि स्वीकृति दिएको जनाएको छ।

प्रतिकृया