• १४ असोज २०८३, बुधबार
  • ४ः३३ बिहान

आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित, आगामी आर्थिक वर्षको बजेट प्रक्रिया सम्पन्न

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ०३:५८

१४ असार २०८३ काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया सम्पन्न भएको छ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै बजेट पारित गर्ने संवैधानिक प्रक्रिया पूरा भएको हो।

National Life

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दुवै विधेयकमाथि सांसदहरूले छलफल गरेका थिए। छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।

छलफलपछि आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्रऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

दुवै विधेयक पारित भएसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि आवश्यक संसदीय प्रक्रिया पूरा भएको छ।

प्रतिकृया