• २ असार २०८३, मंगलबार
  • १:१४ बेलुका

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ११:३१

२ असार २०८३ काठमाडौं –  सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

Kamana Sewa

कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ भने ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। साथै, १७ हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ। उक्त शेयरको कुल मूल्य ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।

Classic Tech Desktop

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। लगानीकर्ताले आफ्नो मेरो शेयर खातामार्फत वा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। शेयर बजारका लगानीकर्तालाई समयमै आवेदन प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिकृया