• २४ भदौ २०८३, बुधबार
  • ७ः५५ बेलुका

प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिममाथि रामकुमारी झाँक्रीको कटाक्ष, ‘संसदको प्रभावकारिताका लागि विरोधका शैली फेर्नुपर्छ’

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार १०:३८

२८ जेठ २०८३ काठमाडौं – नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै झाँक्रीले जेठ १७ गते संसदमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिले सबैलाई लज्जाबोध गराएको दाबी गरेकी छन्। उक्त अभिव्यक्तिकै कारण संसदको कामकारबाही प्रभावित भएको उनको भनाइ छ।

National Life

झाँक्रीले अर्थमन्त्री वाग्लेप्रति पनि प्रश्न उठाउँदै संसदमा प्रस्तुत गरिएको भन्दा फरक करका दर कार्यान्वयनमा ल्याइएको आरोप लगाएकी छन्। भित्री सूचना चुहावटका कारण अर्बौं रुपैयाँ बराबरको राजस्व छली भएको र त्यसबाट केही व्यक्तिले अनुचित लाभ लिएको अवस्था सिर्जना भएको उनको दाबी छ।

उनले यस्ता विषय संसदमा गम्भीर बहसको विषय बन्नुपर्ने भए पनि पर्याप्त रूपमा प्रवेश नपाएको बताएकी छन्। जनताप्रति जवाफदेही हुनुपर्ने अवस्थामा यस्ता गतिविधिलाई बेवास्ता गरिएको जस्तो देखिएको उनको टिप्पणी छ।

Classic Tech Mobile
Classic Tech Desktop

‘अब संसदको प्रभावकारिताका लागि हाम्रा विरोध र असहमतिका तरिका फेर्नुपर्नेछ, अब फेरौँ,’ झाँक्रीले फेसबुकमा लेखेकी छन्।

साथै उनले नेपाली उखान उद्धृत गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति व्यंग्य गर्दै लेखेकी छन्, ‘मूर्खदेखि दैव डराउँछ भन्थे हो रहेछ, नेपाली उखान चरितार्थ भएको छ।

प्रतिकृया