• १५ असोज २०८३, बिहीबार
  • ६ः१० बेलुका

अर्थमन्त्री वाग्लेको राजीनामा माग्दै राप्रपा पनि आक्रोशित

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:५३

२६ जेठ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आर्थिक विधेयकमा करका दर हेरफेर र पेज घटाइएको विषयमा आपत्ति जनाउँदै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिन प्रक्रिया अघि बढाउन अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएकी हुन्।

National Life

उनले अर्थमन्त्रीले नैतिक र निष्पक्षताको आधारमा जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखेकी छन्। यसअघि पनि आर्थिक विधेयकमा १६ पेज हटाएर नयाँ रूपमा सार्वजनिक गरिएको विषयमा विभिन्न दलहरूले प्रश्न उठाउँदै आएका छन्। संसद्‍मा पेस भइसकेको विधेयकमा मन्त्रालयले आफैं संशोधन गर्न नपाउने भन्दै कानुनी प्रश्नसमेत उठाइएको छ।

यससँगै यस विषयमा अर्थमन्त्रीमाथि राजीनामाको दबाब थप बढ्दै गएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया