• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

दार्चुलालाई विशेष जिल्ला घोषणा गर्न सांसद करिश्मा कठरियाको माग

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार ०१:०४

१२ जेठ २०८३ काठमाडौं – करिश्मा कठरिया ले दार्चुला जिल्लामा आधारभूत सेवाको अभाव र सीमा अतिक्रमणको समस्या समाधान गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले दार्चुलाका नागरिक सडक, स्वास्थ्य, खानेपानी र सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित रहेको बताइन्।

Kamana Sewa

सांसद कठरियाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको अतिक्रमणसँगै आफ्नै राज्यको उपेक्षाले स्थानीय जनजीवन थप कठिन बनेको उल्लेख गरिन्। उनले आगामी बजेटमा दार्चुलालाई विशेष जिल्ला घोषणा गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग जोडदार माग गरेकी छन्।

Classic Tech Desktop

प्रतिकृया