• १६ असोज २०८३, शुक्रबार
  • ९ः१२ राती

पूर्वाधार विकासलाई राजनीतिक स्वार्थसँग नजोड्न सभामुख अर्यालको आग्रह

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार १२:३५

११ जेठ २०८३ काठमाडौं – डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

National Life

सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले सडक, खानेपानीलगायत आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको बताए।

सभामुख अर्यालले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी रूपमा काम गरेको भए राजधानीमै अझै आधारभूत आवश्यकताको पूर्तिबारे बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

उनले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूले पुराना गलत प्रवृत्ति दोहोर्‍याउन नहुने भन्दै जनमुखी विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे।

साथै, स्थानीय तहहरूले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिकृया