• १६ असोज २०८३, शुक्रबार
  • ९ः१२ राती

प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा पनि नबोल्ने, राष्ट्रपतिलाई सम्बोधनको आग्रह

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार १२:०७

११ जेठ २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन्। जेठ १५ गते हुने कार्यक्रममा सम्बोधनका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक पत्र पठाएको सिंहदरबार स्रोतले जनाएको छ।

National Life

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यस वर्षको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन्। जेठ १५ गते हुने कार्यक्रममा सम्बोधनका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल लाई औपचारिक पत्र पठाएको सिंहदरबार स्रोतले जनाएको छ।

संविधानको धारा ६६(२) अनुसार राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्तावसहित पत्राचार गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहाल ले पनि पत्र पठाइसकिएको पुष्टि गरेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पनि प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको संसद् बैठकमा धन्यवाद प्रस्तावमा बोलेका थिएनन्। साथै, नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन संसद् नजाँदा विपक्षी दलहरूले विरोध गरेका थिए। त्यसक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले हरेक महिना संसद्मा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था रहेको भन्दै विपक्षीले निरन्तर दबाब दिँदै आएका छन्। सभामुख डोलप्रसाद अर्याल ले पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा उपस्थित हुने समय मागेका थिए। तर प्रधानमन्त्रीले “उपयुक्त समयमा संसद्मा उपस्थित भएर जवाफ दिने” बताएका छन्।

निर्वाचित भएपछि प्रधानमन्त्री बालेनले हालसम्म देशवासीका नाममा औपचारिक सम्बोधन गरेका छैनन्, जसलाई लिएर प्रमुख प्रतिपक्षसहित विभिन्न राजनीतिक दलहरूले आलोचना गर्दै आएका छन्।

प्रतिकृया