• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार ०९:०५

६ जेठ २०८३ काठमाडौं- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहँदा पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशका तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Kamana Sewa

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया