• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

सांसदहरूको माग: चिया निर्यात सहज बनाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०२:०३

३० बैशाख २०८३ काठमाडौं- प्रतिनिधिसभा सांसदहरूले चिया निर्यात सहज बनाउन भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चिया किसान, श्रमिक र उद्योगीहरू अहिले संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सुहाङ नेम्वाङले टी बोर्ड अफ इन्डियाको पछिल्लो नीतिका कारण चिया निर्यात ठप्प भएको उल्लेख गर्दै यसले किसान, श्रमिक र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको बताए । उनले चिया उद्योग र किसानको संरक्षणका लागि ठोस नीति बनाउन सरकारलाई आग्रह गरे ।

Kamana Sewa

त्यस्तै सांसद सुनिल केसीले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, मेलम्ची खानेपानी आयोजना कहिलेसम्म ढिलाइ हुने हो भन्ने विषयमा स्पष्टता दिनुपर्ने माग गरे । उनले तीनकुनेको सार्वजनिक जग्गा कब्जा प्रकरणबारे पनि सरकारसँग प्रश्न उठाउँदै तत्काल जवाफ दिन आग्रह गरे ।

Classic Tech Desktop

सांसद सुरेशकुमार चौधरीले भारतसँग सीमा जोडिएका बस्तीहरूको विकासमा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै बाटो, विद्युत्, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत पूर्वाधार विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सीमा क्षेत्रका नागरिकको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया