• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

प्रधानमन्त्री अनुपस्थितिपछि विपक्षी अवरोध, संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०१:५८

३० बैशाख २०८३ काठमाडौं- नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै संसद्मा अवरोध गरेका थिए ।

अवरोधकाबीच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षी सांसदहरूले नमानेपछि प्रमुख प्रतिपक्षी दलको मागअनुसार बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

Kamana Sewa

यसअघि पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसद्मा असन्तुष्टि देखिँदै आएको छ ।

Classic Tech Desktop

प्रतिकृया