• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

रामबहादुर थापा ‘बादल’को अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन सभामुखको रुलिङ

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०१:५२

३० बैशाख २०८३ काठमाडौं- नेकपा (एमाले) संसदीय दलका नेता राम बहादुर थापा ‘बादल’ले मंगलबार प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सभामुखले रुलिङ गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आज पनि माग गरेका थिए । सोही विषयमा एमाले सांसद ऐन महरले समय माग गरे पनि सभामुखले समय नदिएका हुन् ।

Kamana Sewa

सभामुखले हिजोको विषयमा आफ्नो धारणा बाँकी रहेको भन्दै छलफलका लागि समय नदिएको जनाइएको छ । त्यसपछि उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने रुलिङ गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया