एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेका छन् सरकारी गाडी
प्रकाशित मिति
२०८३ बैशाख २४ गते, बिहीबार ०१:२४
सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएका सरकारी सवारी साधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको छ। गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सवारी तथा सभा–समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई सरकारी गाडी उपलब्ध गराइएको हो।

शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले गृह मन्त्रालयबाट उपलब्ध गराइएका दुई वटा गाडी प्रयोग गरिरहेका छन्। त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले पनि मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले उपलब्ध गराएका एक/एक वटा सरकारी गाडी प्रयोग गरिरहेका छन्।
यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी गाडी प्रयोग गरिरहेका भीभीआईपीहरूको विवरण माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले सो सम्बन्धी विवरण प्रधानमन्त्री कार्यालयलाई पठाइसकेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयबाट मागिएको विवरण पठाइएको जानकारी दिएका छन्।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले मापदण्डविपरीत प्रयोग भइरहेको भन्दै सरकारी गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएका थिए।



प्रतिकृया