• ४ साउन २०८३, सोमबार
  • ९:५० बेलुका

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गर्न थालियो

प्रकाशित मिति

२०८३ बैशाख २४ गते, बिहीबार ०९:४०

२४ बैशाख २०८३ काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो। अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने समितिले जनाएको छ।

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा कानुन बमोजिम असुलउपर गरिने चेतावनी समेत दिएको छ।

Kamana Sewa

त्यस्तै, अन्य ऋणीहरूको नामावली पनि चरणबद्ध रूपमा प्रकाशित गरिने भएकाले सम्बन्धित सबै ऋणीलाई समयमै सम्पर्क गरी ऋण तिर्न समितिले आग्रह गरेको छ।

Classic Tech Desktop

आज सार्वजनिक गरिएका सहकारी संस्थामा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतमश्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

प्रतिकृया