संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा जारी
प्रकाशित मिति
२०८३ बैशाख २२ गते, मंगलवार १२:४५
२२ बैशाख २०८३ काठमाडौं- रामचन्द्र पौडेल ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले दोस्रो पटक सिफारिस गरेको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)’ सम्बन्धी अध्यादेश मंगलबार प्रमाणीकरण गरिएको हो।
यसअघि राष्ट्रपति पौडेलले अघिल्लो साता सरकारले सिफारिस गरेको सोही अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको हो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वमा प्रमाणीकरणका लागि पठाइएको यही अध्यादेश २०८२ असार २५ गते फिर्ता गरिएको थियो। त्यस्तै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की ले २०८२ मंसिर २ गते प्रमाणीकरणका लागि पठाएको अध्यादेश पनि राष्ट्रपति पौडेलले फिर्ता गरेका थिए।
सरकारले पुनः सिफारिस गरेपछि अन्ततः उक्त अध्यादेश जारी गरिएको हो।






प्रतिकृया