• १ असोज २०८३, बिहीबार
  • ८ः२८ राती

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव: यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख २२ गते, मंगलवार ०६:५७

२२ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। यसका कारण देशभर पूर्णतया बादल लागेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश का धेरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

National Life

आज दिउँसो पहाडी र हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। ती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागले मौसम प्रतिकूल हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया