• ४ साउन २०८३, सोमबार
  • १:३८ बिहान

अप्रिलमा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार ०३:३४

२१ बैशाख २०८३ काठमाडौं- नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्।

बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकाबाट ३१५ पर्यटक भित्रिएका छन्। अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन्।

Kamana Sewa

देशगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ। भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्।

Classic Tech Desktop

बोर्डका अनुसार नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार हुँदै गएको संकेत देखिएको छ। यद्यपि, पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा असर पर्दा अप्रिल महिनाको पर्यटक आगमनमा केही प्रभाव परेको जनाइएको छ।

प्रतिकृया