• ६ असोज २०८३, मंगलबार
  • ५ः१० बेलुका

सशस्त्र प्रहरी बलका नयाँ आईजीपी पौडेलद्वारा दर्ज्यानी चिह्न ग्रहण

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार १०:१७

२१ बैशाख २०८३ काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

National Life

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरीको प्रमुख (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको थियो। १८ वैशाखदेखि लागू हुने गरी तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका छन्।

नवनियुक्त आईजीपी पौडेलले अब सशस्त्र प्रहरी बलको समग्र कमाण्ड सम्हाल्दै सुरक्षा व्यवस्थापन र संगठन सुदृढीकरणमा नेतृत्व दिने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया