• १ असोज २०८३, बिहीबार
  • ७ः०१ बेलुका

माउन्ट एभरेष्ट पावरको आईपीओ निष्काशन

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार १०:२७

१७ बैशाख २०८३ काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सार्वजनिक रूपमा बिक्रीमा ल्याएको हो।

National Life

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात १७ लाख २० हजार कित्ता सर्वसाधारणका लागि विनियोजन गरिएको छ। सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बु जिल्ला को सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ लाई अति प्रभावित क्षेत्रको रूपमा वर्गीकरण गर्दै ३ लाख ४४ हजार कित्ता शेयर छुट्याइएको छ। सोही नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर विनियोजन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले पहिलो चरणमा वैशाख १७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। स्थानीय बासिन्दाले वैशाख ३१ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेड ले सम्हालेको छ।

प्रतिकृया