• ४ साउन २०८३, सोमबार
  • ९:५१ बेलुका

सरकार निरङ्कुशतातर्फ उन्मुख : प्रचण्ड

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ०९:५१

१७ बैशाख २०८३ काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको बाटोमा अघि बढेको आरोप लगाएका छन्। बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठनसम्म खारेज गर्ने प्रयास भइरहेको दाबी गरे।

उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीप्रति पनि आपत्ति जनाए। ‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्र र संसदीय परम्पराविपरीत छ,’ उनले भने, ‘यस्तो कार्य संविधानको मर्म विपरीत भएकाले सरकारलाई सचेत गराएका छौँ।’

Kamana Sewa

सुकुमबासी व्यवस्थापनको विषयमा पनि उनले सरकारको कदमको आलोचना गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्दै बस्ती हटाउनु गलत भएको उनको भनाइ छ। ‘यदि सुकुमबासीहरू अतिक्रमण गरेर बसेका छन् भने पनि उनीहरूको वास्तविक अवस्था बुझेर छानबिन गर्नुपर्छ,’ उनले भने, ‘तर सरकारले हतारोमा बल प्रयोग गर्‍यो, जसले हजारौँ परिवारलाई समस्यामा पारेको छ।’

Classic Tech Desktop

प्रचण्डले माओवादी नेतृत्वको अघिल्लो सरकारका पालामा सुकुमबासी व्यवस्थापनका लागि आवास निर्माण सुरु गरिएको स्मरण गर्दै त्यसलाई पूर्णता दिन नसकिएको बताए।

उनले सरकारलाई सुकुमबासीको व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गर्दै सकारात्मक काममा सहयोग गर्ने र गलत कार्यको विरोध गर्ने पार्टीको नीति रहेको स्पष्ट पारे।

प्रतिकृया