• ३१ भदौ २०८३, बुधबार
  • १ः३० दिउँसो

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार ०९:१८

१४ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको जनाएको छ। यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका छन्।

National Life

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन्। २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ। साथै, जापानस्थित एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

यस वर्ष देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएका छन्, जुन संख्या गत वर्षको तुलनामा कम हो। गत वर्ष ५ लाख ११ हजार ५२५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका तथा अन्य सामग्री परीक्षा केन्द्रहरूमा पठाइसकिएको छ भने प्रश्नपत्र भने अनलाइन प्रणालीमार्फत पठाउने व्यवस्था गरिएको छ। परीक्षा सञ्चालन हुने दिनमै केन्द्रहरूले प्रश्नपत्र प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ। उत्तरपुस्तिका परीक्षण गत वर्षझैँ बोर्डले तोकेको केन्द्रहरूमा गरिने र परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जनाएको छ।

प्रतिकृया