• ३१ भदौ २०८३, बुधबार
  • ९ः४२ राती

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख १३ गते, आईतवार ०९:५७

१३ बैशाख २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको अवस्था छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

National Life

हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा समेत चट्याङसहित वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति भने देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया