• २ असोज २०८३, शुक्रबार
  • २ः४८ राती

हिजो ढुंगामुढापछि आज सहजीकरण, मनोहरामा प्रहरीको साथमा बस्ती खाली

प्रकाशित मिति

२०८३ बैशाख १३ गते, आईतवार १०:०९

१३ बैशाख २०८३ भक्तपुर- भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा रहेका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती खाली गराउने तयारीसँगै आज बिहानदेखि स्थानीयले धमाधम सामान सार्न थालेका छन्।

National Life

हिजो डोजर चलाउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि तनावग्रस्त बनेको उक्त क्षेत्रमा आज भने अवस्था केही शान्त देखिएको छ। सुकुमबासीहरू आफैंले आफ्ना घर–टहरा हटाउँदै सामान सुरक्षित स्थानतर्फ सारिरहेका छन्।

बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरीले समेत सहयोग गरिरहेको छ। बिहानैदेखि उक्त क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। शनिबार बस्ती हटाउन पुगेको डोजरमाथि स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरीसमेत घाइते भएका थिए। स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

आज भने सरकारले सो क्षेत्र पूर्ण रूपमा खाली गराउने तयारी गरेको जनाइएको छ।

प्रतिकृया