बालेनलाई हर्क साम्पाङको सुझाव: जनतालाई धेरै दुःख नदिनु
प्रकाशित मिति
२०८३ बैशाख १२ गते, शनिबार १०:३३
११ बैशाख २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह लाई जनतालाई अनावश्यक दुःख नदिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले जनजीविकासँग जोडिएका निर्णयमा संवेदनशील बन्नुपर्ने बताएका हुन्। उनले लेखेका छन्, “बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन। सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ !”
साम्पाङको यो अभिव्यक्ति पछिल्लो समय काठमाडौंमा सुकुमवासी बस्ती हटाउने कार्यसँग जोडेर आएको मानिएको छ। महानगरले विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान तीव्र बनाइरहेका बेला यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।
उनले राज्यका निकायहरूले कानुनी प्रक्रिया अपनाउँदा पनि मानवीय पक्षलाई बेवास्ता गर्न नहुनेमा जोड दिएका छन्।






प्रतिकृया