• १ असोज २०८३, बिहीबार
  • ९ः३० बिहान

सुकुमवासी व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न उज्यालो नेपाल पार्टीको माग

प्रकाशित मिति

२०८३ बैशाख १२ गते, शनिबार ०९:५२

१२ बैशाख २०८३ काठमाडौं – उज्यालो नेपाल पार्टीले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। हाल विभिन्न स्थानबाट सुकुमवासी बस्ती हटाउने प्रक्रिया सुरु भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

National Life

पार्टीले वास्तविक सुकुमवासीको पहिचान नगरी गरिने हटाउने कार्यले समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिएको छ। “बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

उज्यालो नेपाल पार्टीले सरकारलाई सुकुमवासी समस्यालाई संवेदनशील रूपमा लिन आग्रह गर्दै स्थायी समाधानका लागि स्पष्ट नीति, योजना र पुनःस्थापना कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, पार्टीले सम्बन्धित सबै पक्षलाई संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको छ।

प्रतिकृया