• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने, जेठ ४ सम्म उडान प्रभावित

प्रकाशित मिति

२०८३ बैशाख ८ गते, मंगलवार १२:४१

८ बैशाख २०८३ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रूपमा करिब ७ घण्टा बन्द गरिने भएको छ। विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।

विमानस्थलमा ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सञ्चालन गर्नुपर्ने भएकाले सो अवधिमा सेवा बन्द गर्न लागिएको हो। हाल धावनमार्ग नजिकैको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य जारी रहेकाले सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा उडान सञ्चालन रोक्ने निर्णय गरिएको बताइएको छ।

Kamana Sewa

यस व्यवस्थाका कारण उडान तालिकामा प्रभाव पर्न सक्ने भएकाले विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण समय समायोजन गर्न आग्रह गरेको छ। यात्रुहरूलाई पनि यात्रा अघि उडान समयबारे जानकारी लिन अनुरोध गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया