• ३१ भदौ २०८३, बुधबार
  • ६ः४२ बेलुका

आज अक्षय तृतीया: दान, जप र सातु सेवनको विशेष महत्व

प्रकाशित मिति

२०८३ बैशाख ७ गते, सोमबार ०७:०३

७ बैशाख २०८३ काठमाडौं – आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया पर्व देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। धार्मिक मान्यताअनुसार आजका दिन गरिएको दान, जप, तप र पुण्य कार्यको फल कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई विशेष मानिन्छ।

National Life

हिन्दु धर्मावलम्बीहरूले आजको दिनलाई युग परिवर्तनसँग पनि जोड्ने गरेका छन्। सत्य युगको सुरुवात र द्वापर युगको अन्त्यपछि त्रेता युग प्रारम्भ भएको दिनका रूपमा अक्षय तृतीया लिइन्छ। साथै, भगवान शिव र पार्वतीको विवाह, गंगाको पृथ्वीमा अवतरण तथा परशुराम जन्मिएको दिनका रूपमा पनि यो पर्वलाई महत्व दिइन्छ।

यस दिन जौको सातु खाने, सर्वत पिउने तथा दान गर्ने परम्परा रहेको छ। गर्मी मौसममा शीतलता दिने भएकाले सातु स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। ब्राह्मणलाई सर्वत र सातु दान गरे अक्षय पुण्य प्राप्त हुने विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

अक्षय तृतीयाका दिन सुन किन्ने चलन पनि व्यापक छ। आज खरिद गरिएको सुनले सुख, समृद्धि र सौभाग्य ल्याउने धार्मिक विश्वास रहिआएको छ। नेपालसहित भारतका हिन्दु धर्मावलम्बीहरूले यो पर्व विशेष रूपमा मनाउने गर्दछन्।

प्रतिकृया