• १ असोज २०८३, बिहीबार
  • १ः४१ दिउँसो

गृहमन्त्री गुरुङको बर्खास्ती माग्दै जेनजी मुभमेन्टको दबाब

प्रकाशित मिति

२०८३ बैशाख ७ गते, सोमबार ०७:१४

७ बैशाख २०८३ काठमाडौं –  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। प्रवक्ता विजय शाहले जारी गरेको वक्तव्यमा मन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुने र स्वार्थको द्वन्द्व सिर्जना हुने उल्लेख गरिएको छ। निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग आवश्यक रहेको मुभमेन्टको भनाइ छ।

National Life

मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जिम्मेवार र पारदर्शी शासनको आवश्यकता औंल्याएको छ। साथै, सुशासन र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारीको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया