• ५ साउन २०८३, मंगलबार
  • १२:१२ बिहान

कर्मचारीलाई १५–१५ दिनमै तलब दिने

प्रकाशित मिति

२०८३ बैशाख ७ गते, सोमबार ०७:२२

७ बैशाख २०८३ काठमाडौं – अर्थ मन्त्रालय ले राष्ट्रसेवक कर्मचारीलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ। महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र आइसकेको र निर्णय छिट्टै कार्यान्वयनमा जाने तयारी भइरहेको छ।

सरकारको उद्देश्य कर्मचारीको हातमा समयमै पैसा पुगोस् र अर्थतन्त्र चलायमान बनोस् भन्ने रहेको छ। हाल कर्मचारीले मासिक रूपमा तलब पाउँदै आएका छन्। तर नयाँ व्यवस्था लागू गर्न संघीय निजामती सेवा ऐनमा संशोधन आवश्यक पर्ने बताइएको छ। सरकारले उक्त ऐनमार्फत १५/१५ दिनमै तलब दिने व्यवस्था समावेश गर्ने तयारी गरेको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया