• ७ असोज २०८३, बुधबार
  • १ः४४ दिउँसो

माइक्रो इन्स्योरेन्स लाइसेन्स विवादमा गृहमन्त्री गुरुङ मुछिए

प्रकाशित मिति

२०८३ बैशाख ७ गते, सोमबार ०७:२८

७ बैशाख २०८३ काठमाडौं – लघुबीमा कम्पनीको लाइसेन्स वितरणमा अनियमितता भएको आरोपबीच गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन्। नेपाल बीमा प्राधिकरण का तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालमा सेटिङमार्फत लाइसेन्स वितरण गरिएको आरोप लागिरहेको छ।

National Life

सो क्रममा व्यापारी दीपक भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको समेत लगानी रहेको तथ्य सार्वजनिक भएको छ। उक्त कम्पनीमा गुरुङको २५ लाख रुपैयाँ बराबरको २५ हजार कित्ता संस्थापक शेयर रहेको बताइएको छ। सार्वजनिक विवरणअनुसार उनी संस्थापक शेयरधनीको सूचीमा ४९औँ स्थानमा छन्।

लाइसेन्स वितरण प्रक्रियामा प्रिमियम निर्धारणदेखि घुस सेटिङसम्मका आरोप उठिरहेका छन् भने कम्पनीमा कालोधन लगानी भएको आशंका पनि व्यक्त गरिएको छ। साथै, गृहमन्त्री गुरुङले उक्त शेयर आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप समेत लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस विषयमा कम्पनीका पदाधिकारी सम्पर्कमा नआएको र स्पष्ट प्रतिक्रिया नआउँदा विवाद झन् चुलिएको छ। घटना सार्वजनिक भएसँगै गृहमन्त्रीको पदसमेत संकटमा पर्ने चर्चा सुरु भएको छ।

प्रतिकृया