• ७ असोज २०८३, बुधबार
  • २ः१७ दिउँसो

महँगी बढ्दो, उपभोक्ताको जीवन कष्टकर

प्रकाशित मिति

२०८३ बैशाख ७ गते, सोमबार ०७:३५

७ बैशाख २०८३ काठमाडौं –  देशभर पछिल्लो समय महँगी बढ्दै जाँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ। खाद्यान्न, तरकारी, खाने तेल र इन्धनको मूल्य वृद्धि तथा ढुवानी खर्च बढ्दा उपभोक्ता थप दबाबमा परेका छन्।

National Life

नेपाल राष्ट्र बैंक का अनुसार वार्षिक मुद्रास्फीति करिब ३.६२ प्रतिशत पुगेको छ, तर बजारमा वास्तविक मूल्य वृद्धि अझ उच्च रहेको उपभोक्ताहरूको गुनासो छ।

विशेषगरी तरकारी, तेल र फलफूलको मूल्य तीव्र रूपमा बढेको छ भने इन्धन मूल्यवृद्धिले ढुवानी खर्च बढाएर महँगी झन् चर्काएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजार र इन्धन संकटका कारण महँगी थप बढ्ने संकेत समेत देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञहरूले महँगी नियन्त्रणमा प्रभावकारी कदम नचालिए आगामी दिनमा आर्थिक संकट अझ गहिरिन सक्ने चेतावनी दिएका छन्।

प्रतिकृया