चैत मसान्तसम्म आयात–निर्यात दुवै बढे, व्यापार घाटा १२ खर्ब नाघ्यो
प्रकाशित मिति
२०८३ बैशाख ८ गते, मंगलवार ०४:३६
८ बैशाख २०८३ काठमाडौं – चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालमा वस्तु आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागका अनुसार सो अवधिसम्म कुल आयात १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो। गत वर्ष चैत मसान्तसम्म १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
यता, निर्याततर्फ पनि सुधार देखिएको छ। चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढ्दै २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो।
आयात–निर्यात अनुपात भने केही घटेको छ। चालु आर्थिक वर्षमा यो अनुपात ६.६९ प्रतिशतमा सीमित हुँदा गत वर्ष सोही अवधिमा ६.९६ प्रतिशत रहेको थियो।
उच्च आयातका कारण व्यापार घाटा अझै विस्तारिएको छ। चैत मसान्तसम्म व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो।






प्रतिकृया