सुकुम्बासी हटाउने कार्य रोक्न नेकपाको माग, सरकारप्रति असन्तुष्टि
प्रकाशित मिति
२०८३ बैशाख ६ गते, आईतवार ०३:२९
६ बैशाख २०८३ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी ले सुकुम्बासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने र झुप्रा भत्काउने सरकारी कदमप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी विज्ञप्तिमा पार्टीले यस्तो कार्यलाई “अमानवीय” भन्दै तत्काल रोक्न र प्रभावित परिवारको पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडितलाई बिचल्ली बनाएको र राज्यप्रतिको विश्वास कमजोर बन्ने खतरा रहेको पार्टीको भनाइ छ।

यसैबीच, बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न पनि पार्टीले सरकारसँग माग गरेको छ। विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत ठहर गर्दै पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

पार्टीले सरकारलाई लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान र मजदूरप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।




प्रतिकृया