• १७ असोज २०८३, शनिबार
  • १ः५१ राती

समानुपातिक सांसदसँग प्रधानमन्त्री बालेन शाहको आज अन्तरक्रिया

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार ०८:४१

२ बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ।

National Life

कार्यक्रममा सहभागी सांसदहरूले आ–आफ्ना ‘क्लस्टर’ अन्तर्गत रहेका समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। विभिन्न समुदाय र क्षेत्रका प्रतिनिधित्व गर्ने समानुपातिक सांसदमार्फत जनताका विविध मुद्दा प्रत्यक्ष रूपमा सरकारसमक्ष राख्ने उद्देश्य राखिएको जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयले अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया