आजदेखि देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सुरु
प्रकाशित मिति
२०८३ बैशाख २ गते, बुधबार ०८:३०
२ बैशाख २०८३ काठमाडौं – बैशाख २०८३ काठमाडौं – आजदेखि देशभरका ७५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ विभिन्न कार्यक्रमका साथ सुरु भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहमा नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताह मनाउन थालिएको हो।
व्यक्तिको कानुनी पहिचान सुनिश्चित गर्न, प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउन तथा राज्यबाट प्रवाह हुने सेवा सहज रूपमा प्राप्त गर्न व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधार मानिन्छ। यही महत्वलाई ध्यानमा राख्दै सबै स्थानीय तहले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका हुन्।
विभागका अनुसार सप्ताहको अवसरमा विद्यालय, स्थानीय सङ्घ–संस्था तथा सरोकारवाला निकायले जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, प्रचारप्रसारलगायत विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।
यसअघि नै विभागले गत चैतको अन्तिम साता सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताहलाई प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको थियो।








प्रतिकृया