• १८ असोज २०८३, आइतबार
  • ४ः२० बिहान

२०८२: तीन सरकार, आन्दोलन र ऐतिहासिक राजनीतिक परिवर्तन

प्रकाशित मिति

२०८३ बैशाख १ गते, मंगलवार ०६:३५

१ बैशाख २०८३ काठमाडौं – वर्ष २०८२ नेपालका लागि अकल्पनीय राजनीतिक परिवर्तनको वर्ष बनेको छ। भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ले कांग्रेस–एमाले सरकार सत्ताच्युत भएपछि देशले ठूलो उतारचढाव झेल्नुपर्‍यो।

National Life

आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की को नेतृत्वमा अन्तरिम सरकार गठन भई फागुन २१ मा निर्वाचन सम्पन्न भयो। निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी बहुमत नजिक पुगेपछि बालेन्द्र शाह प्रधानमन्त्री बने।

आन्दोलनका क्रममा ७७ जनाको मृत्यु, सयौं सरकारी तथा निजी संरचनामा क्षति र खर्ब नजिक आर्थिक नोक्सानी भएको तथ्याङ्कले देखाएको छ। निर्वाचनले पुराना दलहरू कमजोर बन्दै नयाँ शक्तिको उदय भएको संकेत दिएको छ। जनताको असन्तुष्टि र परिवर्तनको चाहनाले नयाँ नेतृत्वलाई अवसर दिएको देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

समग्रमा, २०८२ वर्ष राजनीतिक रूपान्तरण, जनआक्रोश र नयाँ नेतृत्वको परीक्षणको वर्षका रूपमा स्थापित भएको छ।

प्रतिकृया