• १७ असोज २०८३, शनिबार
  • १ः५१ राती

नयाँ वर्षको पहिलो दिनको कस्तो रहला मौसम ?

प्रकाशित मिति

२०८३ बैशाख १ गते, मंगलवार ०६:२१

१ बैशाख २०८३ काठमाडौं – नयाँ वर्ष २०८३ को पहिलो दिन (वैशाख १) देशभर वर्षाको खासै गतिविधि नदेखिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज अधिकांश स्थानमा मौसम सामान्य रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।

National Life

विभागका अनुसार, एक–दुई स्थानहरूमा विशेषगरी पहाडी भूभागमा स्थानीय वायुको प्रभावका कारण हल्का वर्षा हुन सक्ने देखिएको छ। आज दिउँसो देशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोसी र गण्डकी प्रदेशका पहाडी भूभागसहित हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

विभागले आज रातिका लागि पनि हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने जनाएको छ। साथै, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया