नयाँ वर्ष २०८३ को आजदेखि शुभारम्भ, देशभर हर्षोल्लास
प्रकाशित मिति
२०८३ बैशाख १ गते, मंगलवार ०६:१३
१ बैशाख २०८३ काठमाडौं – आजदेखि विक्रम संवत् २०८३ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देशभर उत्साह, उमङ्ग र नयाँ सुरुआतका रूपमा हर्षोल्लासपूर्वक मनाइँदैछ। नेपालमा वैशाख १ गतेलाई परम्परागत रूपमा नयाँ वर्षका रूपमा मनाउने चलन रहिआएको छ। विश्वका विभिन्न स्थानमा फरक–फरक समयमा नयाँ वर्ष मनाइने भए पनि नेपालमा सबैभन्दा पुरानो मानिने विक्रम संवत् अनुसार आजदेखि नयाँ वर्ष प्रारम्भ भएको हो।
आजकै दिन सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत मानिने विद्वानहरूको भनाइ छ।
नयाँ वर्षको अवसरमा मानिसहरूले गत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परा रहेको छ। बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मिठो भोजन गर्ने तथा आफन्त र साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने चलन छ।
देशका विभिन्न स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। भक्तपुरमा आज प्रसिद्ध बिस्का जात्रा मनाइँदैछ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने परम्पराले पनि यस दिनलाई विशेष बनाएको छ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली
लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिँदै नेपाली जनताको सुख, शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ।








प्रतिकृया