गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोड बढी लगानी
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार ०९:३०
२९ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङको शेयर बजारमा ४ करोडभन्दा बढी लगानी रहेको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी शेयर बजारमा रहेको देखिएको हो।
विवरण अनुसार, होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता साधारण शेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको उल्लेख छ। यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता शेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ रहेको जनाइएको छ।
त्यस्तै, ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ शीर्षकमा सबैभन्दा बढी लगानी देखिएको छ। व्यवसायिक तथा पैत्रिक स्रोतबाट आर्जित भन्दै उनले उक्त शीर्षकमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्।
यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता शेयर रहेको छ, जसको मूल्य करिब ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।








प्रतिकृया