अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ९ ठाउँमा जग्गा, करोडौँको लगानी
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार ०९:१९
२९ चैत,२०८२ काठमाडौं – अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार वाग्लेसँग देशका विभिन्न ९ स्थानमा जग्गा रहेको देखिएको छ। उनको नाममा काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत जग्गा रहेको उल्लेख गरिएको छ।
सुनतर्फ वाग्लेसँग ४५ तोला रहेको छ, जुन पारिवारिक तथा रोजगारीबाट आर्जन भएको जनाइएको छ। विभिन्न कम्पनीहरूमा गरी उनको करिब १ करोड ९० लाख रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ।
यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा झण्डै १ लाख कित्ता प्रमोटर सेयर तथा अन्य करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर रहेको छ।
सवारी साधनतर्फ उनीसँग करिब ९४ लाख रुपैयाँ पर्ने ‘सुवानु एसभी’ रहेको उल्लेख छ।
ऋणतर्फ, उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख र व्यक्तिगत रूपमा २ करोड ५० लाख रुपैयाँ ऋण लिएको विवरण दिएका छन्। साथै, राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर तिरिसकेको समेत उल्लेख गरिएको छ।








प्रतिकृया