• ६ असोज २०८३, मंगलबार
  • ८ः२३ राती

प्रधानमन्त्री बालेन्द्रलाई भारत भ्रमणको निम्तो : खनालले दिए यस्तो प्रतिक्रिया

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार १०:२४

२९ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले भारत भ्रमणको निम्तो दिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेलगत्तै मोदीले बधाई सन्देशमार्फत औपचारिक निम्तो पठाएका हुन्। खनालले सो निम्तो प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको जानकारी दिएका छन्।

National Life

मन्त्री खनालले मोरिसस मा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भ्रमणबारे जानकारी दिएका हुन्। यद्यपि, प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने अझै तय भइसकेको छैन। परराष्ट्र स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको भए पनि मिति तत्काल सार्वजनिक नहुने बताइएको छ।

खनाल नवौं हिन्द महासागर सम्मेलन मा सहभागी हुन मोरिसस पुगेका थिए। उक्त सम्मेलनका क्रममा उनले भारतका विदेशमन्त्री एस जयशंकर सँग पनि भेटवार्ता गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया