गृहमन्त्री गुरुङ चितवनमा सक्रिय: रास्वपा नेतासँग भेट, सुरक्षा अवस्थाबारे निर्देशन
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार १०:३७
२९ चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवन पुगेर विभिन्न राजनीतिक तथा सुरक्षा सम्बन्धी गतिविधिमा सक्रिय भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन सभापति कृष्ण भुसाल र भरतपुर नगर सभापति सीता ज्ञावालीसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र स्थानीय विषयमा छलफल भएको बताइएको छ। यसअघि गृहमन्त्री गुरुङले भरतपुरस्थित नेपाल प्रहरी शिक्षालय पुगेर निरीक्षणसमेत गरेका थिए। निरीक्षणका क्रममा उनले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक एसएसपी तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी एकनारायण कोइरालालगायत उच्च प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
गृहमन्त्री गुरुङको चितवन भ्रमणलाई सुरक्षा सुदृढीकरण र राजनीतिक भेटघाटका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।






प्रतिकृया