• ६ असोज २०८३, मंगलबार
  • ७ः४८ बेलुका

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राहत: अब अतिरिक्त बिल–रसिद आवश्यक नपर्ने

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार ०८:५३

२९  चैत,२०८२ काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा अतिरिक्त बिल वा रसिद पेश गर्नु नपर्ने भएको छ। अध्यागमन विभाग ले आइतबार सार्वजनिक सूचना जारी गर्दै श्रमिकहरूले श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने स्पष्ट पारेको हो।

National Life

पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभाग को सूचनाका कारण श्रमिकहरूमा अन्यौलता देखिएको थियो। विमानस्थलमा बिल र रसिद पनि अनिवार्य भएको हल्ला फैलिएपछि अनावश्यक भिडभाड बढेको थियो।

विभागले प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णयअनुसार प्रस्थान अनुमति दिँदा श्रमिकलाई कुनै अतिरिक्त झन्झट नदिइने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, भिजिट भिसामा विदेश जाने नागरिकका लागि पनि प्रक्रिया सरलीकृत गरिएको छ। अब कम्तीमा ६ महिनासम्म वैध राहदानी, सम्बन्धित देशको भिसा र दुईतर्फी हवाई टिकट भएमा स्वघोषणा फारम भरेर सहजै यात्रा गर्न सकिनेछ।

यसअघि भिजिट भिसामा जानेहरूले विभिन्न अतिरिक्त कागजात जुटाउनुपर्ने बाध्यता गृह मन्त्रालय को निर्णयले हटाइएको हो।

अध्यागमन विभागले कुनै पनि भ्रममा नपर्न र गन्तव्य मुलुकबारे पूर्ण जानकारी लिएर निर्धक्क यात्रा गर्न सबै नागरिकलाई आग्रह गरेको छ। साथै, कागजातका नाममा हुने अनावश्यक सास्ती कम गरी यात्रालाई सहज र व्यवस्थित बनाउन यो निर्णय गरिएको जनाएको छ।

668557342_1874587453385457_4771966198196094181_n

प्रतिकृया